
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्ताको रक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सांसद अशोककुमार चौधरीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय सीमा सुरक्षा निगरानीका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
उनले भने, ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा राष्ट्रिय एकता तथा राष्ट्रिय हितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील छ ।, अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल र सुदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भको नियमित मर्मत सम्भार गर्दै जाने र बोर्डर आउटपोष्टको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निमार्ण गर्दै लैजाने विषय सरकारको उच्चप्राथमिकतामा रहेको छ,’ उनले भने ।