News Griha :: न्यूजगृह
सदनमा उठाइएका प्रश्नको जवाफ दिने जिम्मेवारीबाट सरकार पछि हटेको छैन : प्रधानमन्त्री प्रचण्ड​​​​​​​
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ दिने जिम्मेवारीबाट सरकार पछि नहटेको जिकिर गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सदनमा शून्य, विशेष र आकस्मिक समयमा उठाइएका विभिन्न प्रश्नमा सरकार संवेदशील रहेको बताए । 

‘सदनमा शून्य, विशेष समयमा उठाएका विभिन्न प्रश्नमा सरकार संवेदशील भइ तिनको जवाफ नियमित दिइरहेको छ,’ उनले भने, ‘सदनमा उठाइएका प्रश्न र जिज्ञासाहरूको जवाफ दिने उत्तरदायित्वबाट सरकार कहिले पछि हटेको छैन र पछि कहिले हट्ने पनि छैन ।’

राष्ट्र र नागरिकको समग्र हित तथा समुन्नतिका लागि सरकार सधैँ प्रत्यनशील रहँदै आएको प्रधानमन्त्रीको भनाइ छ । साथै जनसरोकारका विविध विषयलाई उचित सम्बोधन गर्दै विकास निर्माण कार्यलाई गति दिँदै सरकार र नागरिकबीचको सम्बन्ध सुदृढ गर्न सरकार दृढ संकल्पित रहेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:०८
Weather Update