राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश आइतबार, असार ३१, २०८०

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा तीन खेलाडी परिवर्तन आइतबार, असार ३१, २०८० ढाकामा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले यसअघिको टिममा ३ खेलाडी परिवर्तन गरेका छन् । पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका मिडफिल्डर त्रय रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ ।

घोराही सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा आइतबार, असार ३१, २०८० कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैङ्किङको कार्यालयमा दिउँसो आईपीओ बाँडफाँड भएको हो। कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ५४६ जनाको आवेदन परेको थियो। जसमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको छ भने ५ लाख ५७ हजार ७०१ जनाको योग्य आवेदन परेको थियो।

प्रतिनिधि सभामा रास्वपाको विरोध, बैठक स्थगित आइतबार, असार ३१, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । रास्वपाका सांसदहरुले नेपाल ऐनको विरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।

भूमाफियाको कब्जामा पर्साका सार्वजनिक जग्गा, माफियाको प्रभावमा न्यायालय आइतबार, असार ३१, २०८० आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राह्मणीले पर्साका विभिन्न ठाउँको जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएका हुन् । सरकारी जग्गा हडप्ने विरुद्ध आफूले कानूनको सहारा लिन खोजेपनि न्यायलयमा भूमाफियाको प्रभाव रहेको कारणले सम्भव नभएको उनको आरोप छ ।

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु आइतबार, असार ३१, २०८० जङ्गली च्याउ खाई बिरामी परेपछि तीनै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

सांसद प्रभु साहको प्रश्न— अरुमाथि प्रश्न उठाउने वकिललाई कानुन लाग्छ कि लाग्दैन? आइतबार, असार ३१, २०८० कानुन व्यवसायीले मनपरी पैसा असुल्ने गरेको उनको आरोप छ । ‘वकिलहरूले मनपरी फि लिने गरेका छन् । पाँच लाख/दश लाखसम्म लिन्छन् । गरिबले वकिल राख्नै नसक्ने स्थिति पैदा भएको छ । अरुलाई कानुन सिकाउने, न्यायको पैरवी बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरूलाई कानुन लाग्छ कि लाग्दैन ?’ उनको प्रश्न छ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि आइतबार, असार ३१, २०८० चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ ।

नियामक निकायको लापरवाहीका कारण नेपालमा हवाई दुर्घटना बढ्यो : रास्वपा सांसद गौतम आइतबार, असार ३१, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालको हवाई सुरक्षामा नियमनकारी संस्थाको लापरवाही देखिएको भन्दै आक्रोश पोखेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले विश्वमै सुरक्षित मानिने हवाई क्षेत्र नेपालमा निरन्तर ओरालो लागेकोप्रति असन्तुष्टि जनाइन् ।

महोत्तरीको बिजलपुरासम्म रेल सेवा विस्तार आइतबार, असार ३१, २०८० २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरे ।

ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति आइतबार, असार ३१, २०८० जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले मीनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्ते मुद्दामाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

भूमिहीनका समस्या तत्काल समाधान गर्न सांसद बाँस्कोटाको माग आइतबार, असार ३१, २०८० आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले भूमिहीन र त्यसमा पनि लामो समयदेखि भोग चलन गर्दै आएकाहरूले समेत भूमिमाथि अधिकार प्राप्त गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।

श्रमको न्यूनतम मूल्य तोक्न महामन्त्री शर्माद्वारा सरकारको ध्यानाकर्षण आइतबार, असार ३१, २०८० आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले हरेक दुई वर्षमा न्यूनतम ज्याला तोकिनु पर्नेमा त्यो हुन नसकेको भन्दै तत्काल त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।









