श्रमको न्यूनतम मूल्य तोक्न महामन्त्री शर्माद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मालेश्रमिकको न्यूनतम पारिश्रमीक निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले हरेक दुई वर्षमा न्यूनतम ज्याला तोकिनु पर्नेमा त्यो हुन नसकेको भन्दै तत्काल त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
‘हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था छ । भोलि श्रावण १ गतेबाट तोकिनु पर्ने । १५ हजार न्यूनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकहरूको प्रतिनिधिको रुपमा संवाद गरेर टुङ्गोमा पुर्याउने काम गरेको छैन्,’ उनले भने ।
आम श्रमिकका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १५:२३