News Griha :: न्यूजगृह
घोराही सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं— घोराही सिमेन्ट इन्डष्ट्रिको आईपीओ आइतबार बाँडफाँड भएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैङ्किङको कार्यालयमा दिउँसो आईपीओ बाँडफाँड भएको हो। कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ५४६ जनाको आवेदन परेको थियो। जसमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको छ भने ५ लाख ५७ हजार ७०१ जनाको योग्य आवेदन परेको थियो।

कम्पनीको आईपीओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई माग अनुसार शेयर पाएका छन्। यस्तै ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले शेयर वितरण गरिएको बिक्री प्रबन्धकले बताएको छ।

बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई पुनः १० कित्ताका दरले वितरण गरिएको छ। 

यसअनुसार आवेदकले अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:१४
Weather Update