कीर्ते मुद्दा
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं— ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले मीनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्ते मुद्दामाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।
आफूहरूलाई गैरकानूनी थुनमा राखिएको दाबी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १५:३६