
काठमाडौं— बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।
ढाकामा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले यसअघिको टिममा ३ खेलाडी परिवर्तन गरेका छन् । पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका मिडफिल्डर त्रय रेनुका नगरकोटे,प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ ।
उनीहरूको स्थानमा फरवार्ड रश्मि कुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीले सुरुवाती रोजाइमा स्थान बनाएका छन् ।
बङ्गलादेशविरुद्ध आक्रमणमा सावित्रा भण्डारीलाई रश्मिकुमारी घिसिङ र अनिता बस्नेतले साथ दिनेछन् ।
मिडफिल्डमा सरू लिम्बू, दिपा शाही र अनिता केसी रहनेछन् । डिफेन्समा मुख्य प्रशिक्षकले पहिलो खेलका खेलाडीलाई नै निरन्तरता दिएका छन् । डिफेन्समा अमृता जैशी र समीक्षा घिमिरे छन् भने विमला बिक र हिराकुमारी भुजेलले विंग ब्याकमा खेल्नेछन् ।
दुई वटा मैत्रीपूर्ण खेल खेल्न ढाका गएको नेपालले पहिलो खेल १—१ को बराबरी खेलेको थियो ।
नेपालको सुरुवाती—११
फरवार्डः सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ र अनिता बस्नेत
मिडफिल्डरः सरू लिम्बू, दिपा शाही, अनिता केसी
डिफेन्डरः विमला बिक, समीक्षा घिमिरे, अमृता जैसी, हिराकुमारी भुजेल
गोलरक्षकः एञ्जिला तुम्बापो सुब्बा (कप्तान) ।