News Griha :: न्यूजगृह
भूमिहीनका समस्या तत्काल समाधान गर्न सांसद बाँस्कोटाको माग 
फाइल तस्बिर ।

काठमाडौं— नेकपा एमाले सांसद गोकुल बाँस्कोटाले भूमिहीनका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले भूमिहीन र त्यसमा पनि लामो समयदेखि भोग चलन गर्दै आएकाहरूले समेत भूमिमाथि अधिकार प्राप्त गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।

सिन्धुपाल्चोक, काभ्रेको पलाञ्चोक भगवती र बनेपा बजार लगायत देशका बिभिन्न ठाउँमा गुठी समस्याबाट मानिसहरू पीडित रहेको भन्दै उनले तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको सिपाघाटमा त्यही छ । बजार बसिसक्यो घरको नक्सा पास हुँदैन तर घर बनाउँछन् । चण्डेश्वरी बनेपाको बजारमा त्यस्तै छ । पलाञ्चोक भगवतीमा २५ सय मानिसको जमिन आफ्नो नाममा छैन् तर कमाइरहेका छन् । छोराछोरी कसरी पढाउँछन् । यसको समस्याको समाधानको लागि माग गर्दछु ।’ 

गुठीको जग्गा प्रयोग गर्दै आएकालाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने उनको माग छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:२९
Weather Update