News Griha :: न्यूजगृह
नियामक निकायको लापरवाहीका कारण नेपालमा हवाई दुर्घटना बढ्यो : रास्वपा सांसद गौतम

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालको हवाई सुरक्षामा नियमनकारी संस्थाको लापरवाही देखिएको भन्दै आक्रोश पोखेकी छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले विश्वमै सुरक्षित मानिने हवाई क्षेत्र नेपालमा निरन्तर ओरालो लागेकोप्रति असन्तुष्टि जनाइन् ।

‘संसारका सबै भन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ। उडान सुरक्षाको यात्रा निरन्तर ओरालो लागेको छ। यो नियामनकारी असक्षमता र रेगुलेटरी फेलियर हो,’ उनले भनिन्, ‘राज्य छ यात्रा गर्ने यात्रुले सुरक्षित छौं भनेर यात्रा गरेको हुन्छ । चालक वा एअरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन। यदि त्यस्तो हुने हो भने अन्यत्र पनि जहाज खसेको खसेइ  हुन्थ्यो होला नी तर एअरलाइन्स नै जवाफदेही हुने भए यो नियामक निकाय किन चाहियो?’  

पछिल्लो समय सोलुखुम्बु लिखु पिकेमा मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ विदेशी नागरिक र एक नेपाली पाइलटको मृत्यु भएको थियो ।   

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:०१
Weather Update