News Griha :: न्यूजगृह
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

रोल्पा— जङ्गली च्याउ खाँदा लुङ्ग्री गाउँपालिका– ५ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

स्थानीय काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोरा ११ वर्षीय सुशील तथा ६ वर्षीय प्रेमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि तीनै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

उनीहरूको उपचारका क्रममा आइतबार बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश भुसालले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:२१
Weather Update