News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा रास्वपाको विरोध, बैठक स्थगित

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । रास्वपाका सांसदहरुले नेपाल ऐनको विरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो । 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेश गरेपछि रास्वपा सांसदहरुले उठेर विरोध जनाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेशको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाए ।

‘त्यसो भएको हुनाले हामी जुन विधिमा थियौं त्यो विधिमा हामी जान पाएनौं, त्यो निर्णयार्थ प्रस्तुत गरेपछि हामीले गर्ने संसदको कारबाही अघि बढाउने तयारीमा थियौं, त्यसैले हाम्रो यो प्रक्रियामा असहमति छ’ उनले भने । 

तर सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधि सभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताए ।

रास्वपा सांसदहरुले सभामुखले प्रक्रिया मिचेको भन्दै आपत्ति जनाइरहे । रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आए । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:४३
Weather Update