News Griha :: न्यूजगृह
महोत्तरीको बिजलपुरासम्म रेल सेवा विस्तार 
तस्बिर : रासस ।

काठमाडौं— भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ ।

२०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरे ।

rail - ministry1689501919.jpg

कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

जयनगर– बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सेवा सञ्चालनमा आएको हो ।  

rail new41689501919.jpg

मन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । उनले जयनगर- बिजलपुरा- सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको दाबी गरे । मन्त्री मन्त्री ज्वालाले बर्दिबासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्‍याउने सरकारको प्राथमिकतामा रहेको बताए । 

rail news21689501919.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:४६
Weather Update