News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि 

काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ ।

चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले उकालो लागेर दुई हजार ९७ दशमलव शून्य नौ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव १५ मा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ । कूल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर रू दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ बराबरको कारोबार भएको छ । 

    

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:०७
Weather Update