News Griha :: न्यूजगृह
साफको खेल तालिका सार्वजनिक, नेपाल कुन समूहमा ? 
साफको खेल तालिका सार्वजनिक, नेपाल कुन समूहमा ?  दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भुटानमा आयोजना हुने यू–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको छ ।
कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने
कोशी प्रदेश : सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा हुने कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा मंगलबारदेखि नै सुनुवाइ हुनेछ ।
नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैनः गृहमन्त्री श्रेष्ठ
नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैनः गृहमन्त्री श्रेष्ठ मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरू दोषी देखिसकेपछि नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरूले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको उल्लेख गरे ।
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेन : राजेन्द्र पाण्डे
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेन : राजेन्द्र पाण्डे सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताएका हुन् । पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए । उनले भ्रष्टाचार अहिले सङ्घदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको दाबीसमेत गरे  ।
अनुगमनपछि स्वास्थ्य मन्त्रीले भने— फार्मेसी सञ्चालकले चरम लापरवाही गरेको देखियो  
अनुगमनपछि स्वास्थ्य मन्त्रीले भने— फार्मेसी सञ्चालकले चरम लापरवाही गरेको देखियो   अनुगमनको क्रममा फार्मेसी दर्ता नै नगरी सञ्चालन गरेको, दर्ता नभएको औषधि खुलमखुल्ला बिक्री वितरण गरिँदै आएको, चिकित्सकको प्रेस्क्रिप्सन बिना बेच्नै नपाइने औषधि बेचेकोदेखि म्याद गुज्रिसकेको औषधिको बिक्री वितरण गर्ने सम्मको लापरवाही गरेको पाइएको छ ।
मिटरब्याजी सम्बन्धी ऐनले साहु महाजनको संरक्षण गरेको पीडितहरूको आरोप
मिटरब्याजी सम्बन्धी ऐनले साहु महाजनको संरक्षण गरेको पीडितहरूको आरोप सोमबार संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको ऐनले विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गरेको छ । सरकारले पीडितको माग सम्बोधन नगरी अलोकतान्त्रिक तरिकाबाट ऐन ल्याएको संघर्ष समितिको आरोप छ । सरकारले दृष्टिबन्धक, रजिष्ट्रेसन, फर्जी तमसुक, छिनुवापासको खारेजीमा चासो नदेखाएको उनीहरूले आरोप लगाए ।
विप्लव भन्छन्— अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको छ
विप्लव भन्छन्— अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको छ माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो । सोमबार काठमाडौंमा आयोजित गोष्ठीमा उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुशीको कुरा भएको बताए ।
एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्य : विप्लव 
एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्य : विप्लव  उनले भने, ‘मलाई के स्मरण भएको छ भने यदि हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नु भन्दा पहिला नारायणकाजी श्रेष्ठ जी गृहमन्त्री भएको भए सायद प्रतिबन्ध लाग्दैन थियो होला । किनकी हामीले कारबाही गरेको एनसेललाई हो, यो कुरा उहाँलाई थाहा थियो, एनसेलमा साढे ७२ अर्बको  भ्रष्टाचारको केस छ । त्यो अहिले पनि हल...
सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल
सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए । अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाई थियो । 
पर्याप्त वर्षा नहुँदा मध्य तराईका धेरै जिल्लामा अझै पनि  रोपाइ हुन सकेन 
पर्याप्त वर्षा नहुँदा मध्य तराईका धेरै जिल्लामा अझै पनि  रोपाइ हुन सकेन  मध्य तराईका धेरै जिल्लामा पर्याप्त वर्षा नहुँदा धान रोपाइले गति लिन सकेको छैन । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका— ३ वनिगामा पनि पर्याप्त वर्षा नहुदाँ किसानहरू मारमा परेका छन् । वनिगामा यतिखेर धान रोपाइ सकिसक्नुपर्ने हो तर पानीको अभावमा किसानहरूले रोपाइको मेसो अझै पाउन सकेको छैनन् । 
गोल्ड मेडलिस्ट फर्मासिस्टको आत्महत्या प्रकरण : न्याय माग्दै आफन्त धर्नामा
गोल्ड मेडलिस्ट फर्मासिस्टको आत्महत्या प्रकरण : न्याय माग्दै आफन्त धर्नामा घटना अनुसार फार्मेसीमा औषधि बिक्रीको हिसाबमा भएको गडबडी पछि यो अवस्था उत्पन्न भएको थियो । फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेललाई आत्महत्या जस्तो कठोर कदम चाल्न बाध्य बनाएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग चर्किएको छ । नेपाल फार्मेसी एसोसिएसनले पनि एक विज्ञप्ति निकाल्दै फर्मासिस्ट अमृत पोख्रेललाई आत्महत्या गर्न बाध्य बनाउने दोषीहरूलाई...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसन टोलीबीच भेट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसन टोलीबीच भेट भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरूका विषयमा समेत...
Weather Update