सभामुख घिमिरे र नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीबीच भेटवार्ता सोमबार, साउन ८, २०८०

नेपालमा महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा सोमबार, साउन ८, २०८० नेपाल क्यान्सर केयर फाउण्डेसनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा पुगेको बताएकी छन् ।

३ सयले घट्यो सुनको मूल्य सोमबार, साउन ८, २०८० हिजो आइतबार छापावाल सुन १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम थियो ।

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा सोमबार, साउन ८, २०८० सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार मन्त्रिस्तरीय निर्णयले समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राजेन्द्र पाण्डेलाई कार्यवाहक दिएर अध्यक्ष नेपाल इन्डोनेसिया उडे सोमबार, साउन ८, २०८० अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन नेपाल गएराति त्यसतर्फ गएका हुन्। कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आआफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै नगद र औँठी लिई ठगी गर्ने पक्राउ सोमबार, साउन ८, २०८० परियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै सेवाग्राहीलाई ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ ।

कोशी सरकारविरुद्धको रिट निवेदन माथेमा र श्रेष्ठको इजलासमा सोमबार, साउन ८, २०८० कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत असार २२ गते रिट निवेदन दर्ता गरेका हुन् । सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरिएको थियो ।

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छ : अर्थमन्त्री महत सोमबार, साउन ८, २०८० बुटवलमा सोमबार पत्रकारसँग उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताए । महतले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताए । उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए ।उनले वित्तिय नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने,...

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड सोमबार, साउन ८, २०८० प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी...

सामाखुसी बाढी : बेपत्ता बालक अझै फेला परेनन् सोमबार, साउन ८, २०८० आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय खोलाले बगाएको थियो । बालक सोमबार बिहानसम्म पनि फेला नपरेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खटिएका छन् । काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोलामा बाढी आएको...

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते सोमबार, साउन ८, २०८० पुर्चौंडी नगरपालिका— २ स्थित भैरु टोलमा पहिरोले घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

ज्यामिस्वाँरामा व्यावसायिक रेशम कीराको खेती सोमबार, साउन ८, २०८० गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूह मार्फत रेशम कीराको खेती गर्न सुरु गरेको उनले बताए । ‘पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पुर्याउने उद्देश्यले फलामका ‘र्याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ,’ शाखा प्रमुख रोकाले भने, ‘त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले...

कम्बोडियन पिपुल्स पार्टीलाई बहुमत, ओली स्वदेश फर्कँदै सोमबार, साउन ८, २०८० कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली सोमबार राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यवेक्षक लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।









