News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्धको रिट निवेदन माथेमा र श्रेष्ठको इजलासमा
फाइल तस्बिर ।

काठमाडौं— कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको पेशी सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।

कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत असार २२ गते रिट निवेदन दर्ता गरेका हुन्  । सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:४७
Weather Update