३ सयले घट्यो सुनको मूल्य

काठमाडौं— नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजारमा कारोबार भइरहेको छ ।
हिजो आइतबार छापावाल सुन १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १३:०८