पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं— सीबी लामा अध्यक्ष रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत असार १ मा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार मन्त्रिस्तरीय निर्णयले समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १२:४७