News Griha :: न्यूजगृह
सामाखुसी बाढी : बेपत्ता बालक अझै फेला परेनन्
फाइल तस्बिर ।

काठमाडौं— काठमाडौंको सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।

आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय खोलाले बगाएको थियो । बालक सोमबार बिहानसम्म पनि फेला नपरेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खटिएका छन् । काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोलामा बाढी आएको थियो । सामाखुसी, रानीबारी लगायतका क्षेत्रका घरमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:५५
Weather Update