News Griha :: न्यूजगृह
काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा बालक बेपत्ता

काठमाडौं— काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा आइतबार १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक आइतबार फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २२:००
Weather Update