बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

बैतडी— बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।
पुर्चौंडी नगरपालिका— २ स्थित भैरु टोलमा पहिरोले घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका उनीहरूको मृत्यु भएको हो ।
पहिरोले पुरेर १८ वर्षीय गोब्बरजागरी, ४५ वर्षीया राइमतीजागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । पहिरोले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १०:३६