News Griha :: न्यूजगृह
विप्लव भन्छन्— अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको छ

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताएका छन् ।

माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो । सोमबार काठमाडौंमा आयोजित गोष्ठीमा उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुशीको कुरा भएको बताए ।

भ्रष्टाचार विरोधी लडाइँमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरे ।  

उनले भने, ‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुशी पनि लागेको छ । माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ । अरु समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ ।’

महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकिर समेत गरे ।  

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:३३
Weather Update