News Griha :: न्यूजगृह
पर्याप्त वर्षा नहुँदा मध्य तराईका धेरै जिल्लामा अझै पनि  रोपाइ हुन सकेन 

काठमाडौं— अहिले देशभर मनसुन सक्रिय छ । तर पनि देशका धेरै भागमा पर्याप्त वर्षा नहुँदा रोपाइ हुन सकेको छैन । ठूलो र एकैनाशको वर्षा नहुँदा धेरै ठाउँमा धान रोपाइ हुन नसकेको हो ।  

khaderi11690188119.png

मध्य तराईका धेरै जिल्लामा पर्याप्त वर्षा नहुँदा धान रोपाइले गति लिन सकेको छैन । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका— ३ वनिगामा पनि पर्याप्त वर्षा नहुदाँ किसानहरू मारमा परेका छन् । वनिगामा यतिखेर धान रोपाइ सकिसक्नुपर्ने हो तर पानीको अभावमा किसानहरूले रोपाइको मेसो अझै पाउन सकेको छैनन् । 

khader31690188119.png

थोरबहुत परेको पानीको भरमा मुस्किलले रोपाइ जारी राखेका किसानले खेत आफै सम्याएर सामान्य रोपाइ गर्दै आएका छन् । धानको ब्याड अझै पनि खेतमा नै राखेर वर्षाको प्रतीक्षामा रहेका किसानहरू सिँचाइको व्यवस्था नहुँदा समस्या परेको गुनासो राख्छन् ।

हरेक वर्ष रोपाइका लागि आकाशे पानीमा भर पर्नु पर्दा धान उत्पादन पनि सोचेजस्तो हुन नसकेको उनीहरूको दुखेसो छ ।   

khaderi21690188121.png

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:२५
Weather Update