News Griha :: न्यूजगृह
साफको खेल तालिका सार्वजनिक, नेपाल कुन समूहमा ? 

काठमाडौं— दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भुटानमा आयोजना हुने यू–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको छ ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै बंगलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बंगलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा हुनेछन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:३५
Weather Update