News Griha :: न्यूजगृह
एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्य : विप्लव 

काठमाडौं— नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्यको विषय भएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले सरकार भ्रष्टाचारको विरुद्ध लड्नु पर्ने बताए । 

उनले भने, ‘मलाई के स्मरण भएको छ भने यदि हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नु भन्दा पहिला नारायणकाजी श्रेष्ठ जी गृहमन्त्री भएको भए सायद प्रतिबन्ध लाग्दैन थियो होला । किनकी हामीले कारबाही गरेको एनसेललाई हो, यो कुरा उहाँलाई थाहा थियो, एनसेलमा साढे ७२ अर्बको  भ्रष्टाचारको केस छ । त्यो अहिले पनि हल भएको म देख्दिन ।’

सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ लड्नु पर्ने बताए । यो लडाइँमा सडकबाट नेकपाले जनतालाई एकीकृत गरेर साथ दिने उनको भनाइ थियो ।    

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:१९
Weather Update