News Griha :: न्यूजगृह
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसन टोलीबीच भेट

काठमाडौं— राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइनकिन्डा नेतृत्वको टोलीले भेट गरेको छ ।

आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरूका विषयमा समेत छलफल भएको थियो । 

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यबाद दिएका थिए । जुलाई २० मा नेपाल आएको आइएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरू सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:४१
Weather Update