News Griha :: न्यूजगृह
युवासङ्घको कञ्चनपुर अधिवेशनमा कुटपिट, वडाध्यक्ष घाइते
युवासङ्घको कञ्चनपुर अधिवेशनमा कुटपिट, वडाध्यक्ष घाइते शनिबार दिउँसो भएको विवाद चर्किएपछि अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् ।अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐनापहरामा पहिरो झरेपछि शनिबार साँझ साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो । 
रेखा थापाको 'उपहार'मा समीक्षाको स्वर, गीत रेकर्डपछि के भनिन् समीक्षाले?
रेखा थापाको 'उपहार'मा समीक्षाको स्वर, गीत रेकर्डपछि के भनिन् समीक्षाले? भदौ ७ गतेबाट सुटिङमा जान लागेको रेखाको चलचित्र उपहारका लागि अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्दमा रहेको गीत गायिका अधिकारीको आवाजमा रेकर्ड भएको हो । गीत रेकर्ड गराएपछि नायिका थापाले आफूले आफ्नो प्रतिवद्धता अनुसार नै प्रतिभावान् गायिका अधिकारीको स्वर आफ्नो चलचित्रमा समेटेको बताइन् । 
जुम्लाका स्वतन्त्र सांसद शाही कांग्रेसमा फर्किए, टिकट नपाएका कारण विद्रोह गरेको भनाई
जुम्लाका स्वतन्त्र सांसद शाही कांग्रेसमा फर्किए, टिकट नपाएका कारण विद्रोह गरेको भनाई सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर कांग्रेसमा फर्किएको बताएका हुन् । शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए ।
पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखराका मेयरको पुत्ला दहन
पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखराका मेयरको पुत्ला दहन आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो । 
कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा 
कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा  मुख्यमन्त्री थापाले भने, 'अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरूले बुझ्नुभएको छ । हामीहरूबीच भएको गठबन्धन पनि झिनो बहुमतको छ, यो झिनो बहुमतले सरकारलाई स्थायित्व दिन सक्दैन । तसर्थ सबै दल मिल्न जरुरी छ ।' 
उपप्रधानमन्त्री खड्काको दाबी— गठबन्धन सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैन
उपप्रधानमन्त्री खड्काको दाबी— गठबन्धन सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैन उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।
कानुन तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला
कानुन तोडमोड गरेर निर्दोष फसाउने काम भयो : नेता कोइराला नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले कानुन तोडमोड गरेर निर्दोषलाई फसाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । सुशासन र मुलुकको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले कानुन सबैका लागि समान भनेर बनाए पनि व्यवहारमा नदेखिएको गुनासो गरे ।
कांग्रेसलाई ओलीको प्रश्न– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?
कांग्रेसलाई ओलीको प्रश्न– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ? प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्  ।संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा...
 विदेश भ्रमण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किँदै
 विदेश भ्रमण छोट्याएर माधव नेपाल भोलि स्वदेश फर्किँदै नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । उनी आइतबार म्याड्रिडबाट कतार एअरलाइन्सको उडानबाट स्वदेश फर्कन लागेका हुन् ।स्विट्जरल्यान्डबाट दुई दिनअघि स्पेन पुगेका उनी म्याड्रिडस्थित नेपाली दूतावासमा छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म...
अमेरिकाको पर्यटकीय माउ टापुमा डढेलोका कारण ६७ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित
अमेरिकाको पर्यटकीय माउ टापुमा डढेलोका कारण ६७ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।
विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली
विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्द्धनका लागि र्‍याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एअरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगी सम्पन्न भएको थियो ।
Weather Update