हामी ओपिनेन नबनौँ, हेरौँ सत्य के हो ? : अर्थमन्त्री महत शनिबार, साउन २७, २०८०

माछा मार्न गएका युवक सेतीमा बेपत्ता शनिबार, साउन २७, २०८० कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

दुई कैदीबन्दीको मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी शनिबार, साउन २७, २०८० जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।

युवा पुस्तामा नेपाल छाड्ने होड चलेको छ : गगन थापा शनिबार, साउन २७, २०८० शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौं जिल्ला समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरूमा कस्ले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए ।

सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण शनिबार, साउन २७, २०८० लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकारका भूमि मन्त्री शर्माले ‘लम्पी स्कीन’रोग नियन्त्रणमा राहत, प्रयोगशाला सञ्चालनमा बजेटलगायत व्यवस्था गर्न माग गरे । उनले किसानलाई प्राङ्गारिक मलको फाइदाबारे जानकारी दिनु पर्ने भन्दै पशुपालनमा किसानलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन थर्न सके रासायनिक मलको प्रयोगमा रोकथाम हुने बताए ।

तरकारी आमै : जसले आफ्नै पौरखमा चारतले पक्की घर बनाइन् शनिबार, साउन २७, २०८० प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्याउने कार्कीले दैनिक एक डोका तरकारी बिक्री गरेर दुई हजारदेखि तीन हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछिन् । उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर दुई लाख बढी कमाइ भएको उनले बताइन् ।

ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति अस्थिर बन्यो : घनश्याम भुसाल शनिबार, साउन २७, २०८० अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लानु पर्ने बताउँदै महासचिव भुसालले ८ महिनाभित्र नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे । उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकीर गरे ।
युवा राष्ट्रको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री दाहाल शनिबार, साउन २७, २०८० साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने उनको भनाइ थियो । उनले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन...

एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिक थुनामुक्त शनिबार, साउन २७, २०८० राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बुझाएको थियो ।

तीज गीतमा बीउ र बाँदरको कुरा खोतल्दै चन्द्रावती शनिबार, साउन २७, २०८० उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र बेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने पीडालाई गीतमा देखाइएको वाग्लेले बताइन् । उनका अनुसार दुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् ।
पेट पाल्न युवाहरू विदेशिनु राज्यकै लाजमर्दो पक्ष : अध्यक्ष लिङदेन शनिबार, साउन २७, २०८० शनिबार काठमाडौंमा आयोजित बृहत रक्तदान, चियापान एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष लिङदेनले देशभित्र उद्योग धन्दाहरू स्थापना गरेर रोजगारीको सिर्जना गर्नु पर्ने बताए ।

डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन : मन्त्री ज्वाला शनिबार, साउन २७, २०८० ‘डाँडामा डुब्न लागेको घाम जस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन्, उसका ज्ञान, सिप, अनुभव हामीले लिनुपर्छ, तर अब राष्ट्र, समाजका लागि काम गर्ने भनेको युवाहरुले नै हो,’ उनले भने, ‘जो बिहानका घाम जस्तै हुन्छन्, उनीहरूको काँधमा राष्ट्रको जिम्मेवारी छ, अबको कानून, नीति, कार्यक्रम र पार्टी युवा मैत्री हुनु पर्छ...

उपचारपछि फर्किने क्रममा ढुङ्गा लागेर घाइते प्रहरीका मृत्यु शनिबार, साउन २७, २०८० ‘बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनु भएको थियो,’ उनले भने, ‘हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनः घाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्याइएको थियो ।’









