News Griha :: न्यूजगृह
युवा पुस्तामा नेपाल छाड्ने होड चलेको छ : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड चलेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौं जिल्ला समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरूमा कस्ले पहिला नेपाल छोड्ने ? भन्ने होड चलेको बताए । 

‘नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ, यति धेरै ब्याकुलता छटपटी छ,  युवाहरूमा पलायनको एउटा होड छ कि कसले पहिला नेपाल छोड्ने भनेर,’ उनलले भने, ‘युवाहरूको निराश भइरहेको बेलामा राजनीतिक प्रवृति पनि उस्तै देखिएको छ ।’

महामन्त्री थापाले आफ्नो भविष्यका लागि छटपटाइरहेका युवाहरूलाई सकारात्मक बाटो देखाएर लानु पर्ने आवश्यकता रहेको बताए ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:०७
Weather Update