News Griha :: न्यूजगृह
सूचना माग्दै समुदाय जागरण अभियान सुरु
सूचना माग्दै समुदाय जागरण अभियान सुरु गत असार ३१ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम शनिबार घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै  अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए । 
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ताबेँडाँडा
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ताबेँडाँडा उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमानामा पर्ने ताबेँडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक काम सुरु गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । अहिले सो स्थानसम्म पुग्ने पदमार्ग, मन्दिर, च्छ्योर्तेन गुम्बालगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ ।
बहुमतको सरकारले मात्र केही हुँदैन : गगन थापा
बहुमतको सरकारले मात्र केही हुँदैन : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको सरकारले मात्र केही नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाको १४ औँ महाधिवेशन पश्चात पहिलो नगर सम्मेलनमा थापाले आम जनताको विश्वासले सबैभन्दा ठूलो अर्थ राख्ने बताए ।
उत्पादित अङ्गुर नगरपालिकाले किन्ने भएपछि किसानलाई राहत
उत्पादित अङ्गुर नगरपालिकाले किन्ने भएपछि किसानलाई राहत त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए । 
पश्चिम भारतमा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु
पश्चिम भारतमा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु घटनामा अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रुवहाक गाडी  रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो ।
विद्यार्थीमा प्राविधिक विषयको रुची हुनु सुखद हो : बालेन साह  
विद्यार्थीमा प्राविधिक विषयको रुची हुनु सुखद हो : बालेन साह   सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम वौद्धिकता–आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरु सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले बताए ।
स्वच्छ वातावरण बनाउन विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत
स्वच्छ वातावरण बनाउन विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारी साधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युतीकरण गर्नु पर्ने बताएका हुन् ।
एक वर्षमै रुपन्देहीका २१७ साना उद्योग बन्द, ठूला उद्योगको क्षमता ४० प्रतिशतसम्म गिरावट
एक वर्षमै रुपन्देहीका २१७ साना उद्योग बन्द, ठूला उद्योगको क्षमता ४० प्रतिशतसम्म गिरावट लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैंकको चर्को ब्याजदरजस्ता कारणले उद्योग बन्द गर्नु परेको उद्योगीको भनाइ छ । उद्योग बन्द गर्ने धेरैजसो तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर र बुटवल उपमहानगरका उद्योगी छन् । रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले औद्योगिक क्षेत्रका रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै दुई सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका...
माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउन पुनको प्रस्ताव
माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउन पुनको प्रस्ताव काठमाडौंमा आयोजित एक कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्य योजनाबारे चर्चा गरेका हुन् । ‘समयअनुसार चल्न नसक्ने पार्टीहरू इतिहासमा सीमित भएका छन्’, उनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’
सडक विस्तार हुँदा पहिरोको जोखिममा घरहरू
सडक विस्तार हुँदा पहिरोको जोखिममा घरहरू मुग्लिनदेखि पोखरासम्म जोड्ने यो सडकमा सवारी चाप बढेसँगै सडक विस्तारको काम सुरु गरिएको हो । सडक विस्तार भएसँगै म्याग्देको सडक किनारामा भएका घरहरू पहिरोको जोखिममा परेका छन् ।
स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक जना पक्राउ
स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक जना पक्राउ बा १२ प १६३७ नम्बरको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको छ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० बरामद गरेको हो । 
मेसीको लगातार गोल, इन्टर मियामी पुग्यो सेमिफाइनल
मेसीको लगातार गोल, इन्टर मियामी पुग्यो सेमिफाइनल मियामीले क्वाटरफाइनलमा शनिबार बिहान चार्लोटो एफसीलाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो । फाइनल प्रवेशका लागि मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
Weather Update