News Griha :: न्यूजगृह
मेसीको लगातार गोल, इन्टर मियामी पुग्यो सेमिफाइनल

काठमाडौं— अर्जेन्टेनी स्टार लिओनल मेसीले अमेरिकामा लगातार पाँचौ खेलमा गोल गरेका छन् । इन्टर मियामीमा आबद्ध उनको गोलसँगै मियामी लिगको सेमिफाइनलमा पुगेको छ ।

मियामीले क्वाटरफाइनलमा शनिबार बिहान चार्लोटो एफसीलाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो । फाइनल प्रवेशका लागि मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा मियामीलाई सहज जित हात पार्नका लागि मेसीसँगै जोसेफ मार्टेनिज र रोबर्ट टेललरले एक–एक गोल गरे । एक गोल आत्मघाती हुँदा मियामी ४–० ले अग्रता लिएको हो ।

यसै, सिजन अमेरिका पुगेका मेसीले लिग कपमा अहिलेसम्म ८ गोल गरिसकेका छन् । उनले खेलेका सबै खेलमा गोल गरेका हुन् ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:०९
Weather Update