News Griha :: न्यूजगृह
पश्चिम भारतमा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं— भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रुवहाक गाडी  रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो ।

पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैयाँ र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:२९
Weather Update