आज एकादशी व्रत, साउन अन्तिम शनिबार तपाईंको राशिफल हेर्नुस् शनिबार, साउन २७, २०८०
लापसे गरी सवारी चलाउने ३ जना पक्राउ शनिबार, साउन २७, २०८० नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३-००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका-५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख ८२ २१ नम्बरको ट्रक चालक नवलपरासी पूर्वको कावासोती नगरपालिका-१६ का २८...

काठमाडौंसहित धेरै स्थानमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह शनिबार, साउन २७, २०८० यसका साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा अहिले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा...

सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने शनिबार, साउन २७, २०८० स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो। 'राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको छ, मन्त्रालय भने टुंगो लागेको छैन,' स्रोतले भन्यो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमत पार्टीले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए...

अन्तर्राष्ट्रिय युवा दिवस आज, योजना कार्यान्वयनमा समस्या शनिबार, साउन २७, २०८० नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्सेनी विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरू बताउँछन् ।

मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ शनिबार, साउन २७, २०८० बागमती प्रदेश ०२-०३४ प ८२ ४९ नम्बरको मोटरसाइकल गत वैशाख १ गते काठमाडौंको केशरमहलबाट हराएको थियो । खोजी गर्ने क्रममा बागमती प्रदेश ०२-०३४ प १३ ६१ नम्बर राखेर उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी तामाङलाई पक्राउ गरेको हो ।

गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला शुक्रबार, साउन २६, २०८० गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा शुक्रबार अजिङ्गर फेला परेको छ ।

रिहा भएपछि सुनिल शर्माले भने— माओवादीसँगको गठबन्धनबारे कांग्रेसले पुनर्विचार गर्नुपर्छ शुक्रबार, साउन २६, २०८० नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि शर्मा रिहा भएका हुन् । शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गएको थियो ।

खुला प्रतिस्पर्धाबाट प्रअ छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको सहभागिता हुनुपर्छ : महासंघ शुक्रबार, साउन २६, २०८० सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले खुला प्रतिस्पर्धाबाट प्रअ छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको सहभागिता हुनुपर्ने बताएको छ ।

प्रधानमन्त्री दाहाल चितवनमा शुक्रबार, साउन २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन आइपुगेका हुन् ।

सभामुख घिमिरे भन्छन्— संसद् अवरोधले कानुन निर्माणमा समस्या भयो शुक्रबार, साउन २६, २०८० उनले भने,‘केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौं विधेयकहरूमाथि छलफल भएका छैनन् । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौं । माननीयज्यूहरुले संसद् अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।’

कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता शुक्रबार, साउन २६, २०८० खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार शुक्रबार, साउन २६, २०८० कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौं ल्याएको हो ।









