दुई दिनदेखि बन्द जुम्लाको नाग्म सडक खुल्यो शुक्रबार, साउन २६, २०८०
/cloudfront-us-east-2.images.arcpublishing.com/reuters/6SPAYL54UBNJNBSENXQ3CH3URA.jpg)
रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा शुक्रबार, साउन २६, २०८० रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट अपर स्टेजको साथ सोयुज-२.१ बी रकेटले प्रक्षेपण गरेको थियो ।

देशबाट कालोबजारी निर्मुल पार्ने उपभोक्ता संरक्षण महासंघको दाबी शुक्रबार, साउन २६, २०८० शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन उपभोक्ताका समस्याहरू, मूल्य वृद्धि नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ । नेपाली उपभोक्ता संरक्षण महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरिकन कुनै कामै हुँदैन भन्ने कुरा बजारमा छ्यापछ्याप्ती रहेको र त्यसको नियन्त्रणका लागि आफूहरूलाई सबैको सहयोग चाहिने बताए ।
संसद नचल्दा सेवा सुविधा नलिने रवि लामिछानेको घोषणा शुक्रबार, साउन २६, २०८० शुक्रबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।
संसद भवनमा अनसन बस्ने भएपछि सांसदलाई पक्राउ गरियो : एमाले नेता पन्त शुक्रबार, साउन २६, २०८० शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीसँग सांसद पन्तले वकिलहरूले समेत दुई वर्ष म्याद नाघिसक्यो भनिसकेको अवस्थामा पक्राउ गर्नुमा ठूलो आशंका रहेको बताए । अर्थमन्त्री र गृहमन्त्रीको विरुद्धमा अनसन बस्छु भनेपछि सांसद शर्मा पक्राउ परेको प्रष्ट भएको उनको भनाइ थियो ।

म्याद थप गर्न सांसद शर्मालाई काठमाडौं जिल्ला अदालत लगियो शुक्रबार, साउन २६, २०८० शुक्रबार अपरान्ह शर्मालाई सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार गोल्फुटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।

निजी विद्यालय सञ्चालकको सबै आन्दोलन स्थगित शुक्रबार, साउन २६, २०८० शुक्रबार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको बताएका हुन् । मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० विरुद्ध विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्ण समाधान गर्छौं : प्रधानमन्त्री शुक्रबार, साउन २६, २०८० उनले सेवामा सुधार गर्ने संकल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताए ।

सांसद शर्मा पक्राउबारे कांग्रेस संसदीय दलको बैठकमा उठ्यो प्रश्न शुक्रबार, साउन २६, २०८० शुक्रबार बसेका नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा जारी बैठकमा सांसद शर्मा पक्राउबारे अन्य सांसदहरूले प्रश्न उठाएका हुन् । सांसद शर्मालाई बिहीबार नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने डाक्टर थापा पक्राउ शुक्रबार, साउन २६, २०८० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार डा. पुनम थापा पक्राउ परेका हुन् । उनका अनुसार थापालाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
![होसियार ! ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/nakkili not fake currency1691747770.jpg)
होसियार ! ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद [तस्बिरहरू] शुक्रबार, साउन २६, २०८० प्रहरीले झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरी सार्वजनिक गरेको छ । नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरू काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका नक्कली नोट फेला पारेको छ । त्यस्तै, नक्कली नोट बनाउन...

गौर हत्या काण्ड छानबिन हुने भएपछि जसपाको पत्रकार सम्मेलन, पाँच बुँदे सहमतिप्रति असन्तुष्टि शुक्रबार, साउन २६, २०८० उनले आफूहरू राज्य र सरकार नभएको बताउँदै १६ वर्षसम्म सरकार किन चुप बसेको भन्दै प्रश्न गरे । गौर हत्या काण्डप्रति आफूहरू पनि दुखित रहेको भन्दै गौर घटना भवितव्यको घटना भएको र त्यसको सत्य तथ्य छानविन हुनु पर्ने उनको माग थियो । जसपाले गृह मन्त्रालय र गौर हत्या काण्ड पीडित संघर्ष...

कृषि नीति नबन्दा समस्या आयो : मन्त्री भुसाल शुक्रबार, साउन २६, २०८० मन्त्री भुसालले कृषि क्षेत्रका नीतिगत समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए । उनले तराई मधेसमा केही समययता देखिएको सुख्खाका कारण मारमा परेका किसानहरूलाई बाढीले पुर्याएको क्षतिले थप समस्या बनाएको बताए ।









