News Griha :: न्यूजगृह
म्याद थप गर्न सांसद शर्मालाई काठमाडौं जिल्ला अदालत लगियो 

काठमाडौं— नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई म्याद थपका लागि कानूनी प्रक्रिया अघि बढाइएको छ ।

शुक्रबार अपरान्ह शर्मालाई सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो  । 

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार गोल्फुटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:२१
Weather Update