नक्कली शैक्षिक प्रमाणपत्र बनाउने डाक्टर थापा पक्राउ

काठमाडौं— नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप एक चिकित्सक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार डा. पुनम थापा पक्राउ परेका हुन् । उनका अनुसार थापालाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको संख्या आठ पुगेको सीआईबीले जनाएको छ ।
यसअघि कांग्रेसका सांसद सुनिल शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १५:४२