
काठमाडौं— नेपाली उपभोक्ता संरक्षण महासंघले संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा उपभोक्ताका समस्याहरू, मूल्यवृद्धि नियन्त्रणलगायतका मागहरू राखेर आफ्नो धारणा सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन उपभोक्ताका समस्याहरू, मूल्य वृद्धि नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ । नेपाली उपभोक्ता संरक्षण महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरिकन कुनै कामै हुँदैन भन्ने कुरा बजारमा छ्यापछ्याप्ती रहेको र त्यसको नियन्त्रणका लागि आफूहरूलाई सबैको सहयोग चाहिने बताए ।
अधिवक्ता विष्णु गिरीले नेपाली उपभोक्ता संरक्षण महासंघका साँच्चिकै नेपाली उपभोक्ता हकहितका र अधिकारका लागि स्थापना भएको बताए । उनले महांसघ संगठित रूपमा उदाएको संस्था भएको बताउँदै उपभोक्ता ठगीमा परेको बेला होस् या अन्याय र अत्याचारमा परेको बेला आफ्नो कुराहरू उठाउँदै आएको दाबी गरे ।
उनले जबसम्म उपभोक्ताहरू सचेत हुँदैनन् तबसम्म देश समृद्धिमा जान नसक्ने दाबी पनि गरे । उपभोक्ता काजीबहादुर कार्की नेताहरूले उपभोक्ताको कुरा सुन्न सक्नु पर्ने बताए ।
आफू काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार भएको बताउँदै उनले नेताहरू देश र जनताको लागि बोल्नु पर्ने बताए ।
संस्थाका केन्द्रीय सचिव सोवित गिरीले ‘जबदेखि आमाको गर्भमा हुन्छौं तबदेखि हामी सबै उपभोक्ता’ भएको बताए । उनले सम्पूर्ण विशिष्ट व्यक्तिहरू त्यो ओहोदा नपुग्दासम्म सबै उपभोक्ता भएको बताए ।