News Griha :: न्यूजगृह
हेटौँडा अस्पतालमा विरामीको चाप बढ्दै
हेटौँडा अस्पतालमा विरामीको चाप बढ्दै आव २०७८/७९ मा हेटौँडा अस्पतालमा एक लाख ४४ हजार ४५४ जनाले ओपिडी सेवा र ५२ हजार ३५७ जनाले इमर्जेन्सी सेवा लिएका थिए । यो हिसाबमा आव २०७८/७९ मा भन्दा गत वर्ष २०७९/८० मा सेवाग्राहीको चाप उल्लेख्य रहेको छ । अस्पतालमा साधारण सुत्केरी हुनेको सङ्ख्या दुई हजार ८०७ छ भने अस्पतालमा...
ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिन डा. भट्टराई तयार
ललिता निवास प्रकरणमा सीआईबीलाई बयान दिन डा. भट्टराई तयार उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए। बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताए ।
प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍यो : सांसद पन्त
प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍यो : सांसद पन्त शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताए ।
संसद बैठक बस्न समन्वय गरिदिन रवि लामिछानेको आग्रह
संसद बैठक बस्न समन्वय गरिदिन रवि लामिछानेको आग्रह सभापति लामिछानेले जनताको सार्वभौम संसद अवरुद्ध हुँदा जनताका मुद्दा र राष्ट्रमाथि परेका संकटका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरूको सार्वभौम अधिकार हनन भएको बताए ।
काठमाडौं भित्रिएको झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, नौ जना पक्राउ
काठमाडौं भित्रिएको झण्डै ५३ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, नौ जना पक्राउ प्रहरीले नागढुंगामा जाँच गर्दा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको थियो । जाँचका क्रममा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो । सोधपुछ गर्ने क्रममा बसका चालक तथा सहचालकले...
कांग्रेस संसदीय दलको बैठक : संसदमा पार्टीको भूमिकाबारे छलफल 
कांग्रेस संसदीय दलको बैठक : संसदमा पार्टीको भूमिकाबारे छलफल  बैठकमा संसदको अवरोधबारे छलफल हुने भएको छ । यस्तै, संसदमा विचाराधीन विधेयक, बजेको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा, संसदमा कांग्रेसको भूमिकाबारे छलफल हुने जनाइएको छ ।
पशुपति मन्दिर क्षेत्रभित्रका अवैध संरचना भत्काइयो
पशुपति मन्दिर क्षेत्रभित्रका अवैध संरचना भत्काइयो पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरू भत्काइएको महानगरले जनाएको छ ।
कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि एमालेको विरोध
कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि एमालेको विरोध सांसद साहले एक क्विन्टल सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु पर्ने माग राखेकी थिइन् । मोरङ–३ बाट निर्वाचित कांग्रेस सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा बिहीबार दिउँसो काठमाडौंबाट पक्राउ परेका थिए ।
संसद बैठक सुरु भएसँगै एमालेले गर्‍यो विरोध
संसद बैठक सुरु भएसँगै एमालेले गर्‍यो विरोध शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायमै राखेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले उठेर अवरोध जनाएका थिए । एमालेले सांसद अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी शाहलाई बोल्न समय दिएका थिए ।
अपरेसन ‘फोक्सट्रोट चार्ली’ :  सुमेरु सिटी अस्पतालकी डाक्टर पक्राउ
अपरेसन ‘फोक्सट्रोट चार्ली’ :  सुमेरु सिटी अस्पतालकी डाक्टर पक्राउ नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार सुमेरू सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरिएको उनले बताए ।
कपनमा विवाद : सही र गलत छुट्याउन नसक्ने मेयरले राजीनामा दिनु पर्ने माग
कपनमा विवाद : सही र गलत छुट्याउन नसक्ने मेयरले राजीनामा दिनु पर्ने माग धरमरमा परेर बस्नुभन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने स्थानीयबासीको माग रहेको छ । ‘यो हिजो हालेको ढल निकाल्ने, दुई साइटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ, त्योअनुसार बनाएर जाउ त्यो मैले बुझेको छु, मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सही गलतलाई गलत भन्न...
जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता
जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता ‘कोशी’ नामकरणको विरुद्ध भएको जनप्रदर्शन एवं आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको दुःखद् निधनपछि सहिद लिम्बूको कोशी प्रदेश सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्दै आन्दोलनको दौरानमा घाइते भएका सबैको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि प्रतिबद्धता पत्रमा गरिएको छ ।
Weather Update