सय केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त राजेश अडुकियाका छोरा पक्राउ

काठमाडौं— सय केजी सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।
भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले जानकारी दिए ।
उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् । राजेश भने फरार छन् । सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा बिहान मात्र दुई जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
हिमालय एअरलाइन्सबाट बेइजिङ उड्न लागेका ली जियालिन र लिउ फुयान हङकङबाट ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य रहेको स्रोत बताउँछ । यससँगै सुन तस्करी प्रकरणमा १९ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८० १५:१७