News Griha :: न्यूजगृह
सय किलो सुन तस्करी प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं— सय किलो सुन तस्करी प्रकरणमा संलग्न आरोपमा दुई जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

चीनको बेइजिङ उड्न लागेका उनीहरूलाई शुक्रबार बिहान ६ बजेतिर विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लि जियालिन र ली फुयान हुन् ।

हिमालय एअरलाइन्सबाट बेइजिङ उड्न लागेका ली जियालिन र लिउ फुयानलाई हङकङबाट ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ ।

यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्ने चिनियाँको संख्या तीन जना पुगेको छ । साे प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०९:२८
Weather Update