गृहमन्त्री भन्छन्— सुन तस्करी घटनापछि राष्ट्रिय सुरक्षा संवेदनशीलता बढ्यो

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी घटनाले संगठित अपराधको जालो बढाउने काम गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा श्रेष्ठले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा संवेदनशीलता बढाएको बताएका हुन् ।
उनले भने,‘यसले हाम्रो देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्याएको छ । राजस्वमा नकारात्मक असर पुर्याएको छ । यसले हाम्रो अर्थतन्त्रमा समस्या पैदा गरेको छ । हुण्डीलगायत पाटाहरूलाई प्रोत्साहित गरेको छ,’ गृहमन्त्री श्रेष्ठ भने,‘संगठित अपराधको जालो बढाउने, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई ध्यानाकर्षण गराएको छ । चुनौतीप्रति गम्भीर बन्न प्रेरित गरेको छ ।’
उनले तस्करी प्रकरणले छिमेकी राष्ट्रहरूको अर्थतन्त्रमा पनि नकारात्मक असर पुर्याउने काम गरेको बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १८:३०