News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीलाई मर्यादित बनाउन प्रधानमन्त्रीको निर्देशन
वैदेशिक रोजगारीलाई मर्यादित बनाउन प्रधानमन्त्रीको निर्देशन शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नु परेको भन्दै दीर्घ कालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिए ।
सुरक्षित शहर बनाउन काँकडभिट्टामा सीसी क्यामेरा जडान
सुरक्षित शहर बनाउन काँकडभिट्टामा सीसी क्यामेरा जडान सीसी क्यामेराको सबै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्ने छ । कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सीसी क्यामेरा जडान गरेको छ । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारतीले बताए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा...
युरोप पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
युरोप पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-४ घर भई हाल काठमाडौंको कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका-३ घर भई हाल काठमाडौं-३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी रहेका छन् ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका चौधरी पक्राउ
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका चौधरी पक्राउ पक्राउ पर्नेमा मोरङका मनित चौधरी रहेको सीआईबीका  प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीबार सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो ।
१५ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, थप चार जना पक्राउ
१५ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद, थप चार जना पक्राउ सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए ।
चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या
चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।
डेंगु संक्रमणबाट हेटौँडामा एक जनाको मृत्यु
डेंगु संक्रमणबाट हेटौँडामा एक जनाको मृत्यु डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।
सय किलो सुन तस्करी प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ नागरिक पक्राउ
सय किलो सुन तस्करी प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ नागरिक पक्राउ सय किलो सुन तस्करी प्रकरणमा संलग्न आरोपमा दुई जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।चीनको बेइजिङ उड्न लागेका उनीहरूलाई शुक्रबार बिहान ६ बजेतिर विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लि जियालिन र ली फुयान...
महिला विश्वकप फुटबल : शुक्रबारबाट क्वाटरफाइनलका खेल
महिला विश्वकप फुटबल : शुक्रबारबाट क्वाटरफाइनलका खेल महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत आज शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ ।
१९ विषय विज्ञ खोज्दै काठमाडौं महानगर
१९ विषय विज्ञ खोज्दै काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले विभिन्न १९ विषय विज्ञ पदका लागि आवदेन आह्वान गरेको छ । महानगरले शुक्रबार सार्वजनिक सूचनामार्फत विभिन्न विषय विज्ञका लागि पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको हो ।
शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ
शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ शैक्षिक प्रमाणपत्रकीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७२ सालको ‘अपरेसन क्वाक’ को फाइल पुनः खोल्दै अनुसन्धान अगाडि बढाएको छ । अप्रेशन ‘फोक्सट्रोट चार्ली’अन्तर्गत डाक्टरहरू पक्राउ परेका हुन् ।
शिक्षा ऐन : विद्यालय कर्मचारी परिषद्ले सुरु गर्‍यो दबाब अभियान
शिक्षा ऐन : विद्यालय कर्मचारी परिषद्ले सुरु गर्‍यो दबाब अभियान विद्यालय कर्मचारीका माग समावेश गर्दै तत्काल संघीय शिक्षा ऐन जारी गर्न नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले दबाब अभियान सुरु गरेको छ ।
Weather Update