News Griha :: न्यूजगृह
शिक्षा ऐन : विद्यालय कर्मचारी परिषद्ले सुरु गर्‍यो दबाब अभियान

काठमाडौं— विद्यालय कर्मचारीका माग समावेश गर्दै तत्काल संघीय शिक्षा ऐन जारी गर्न नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले दबाब अभियान सुरु गरेको छ ।

विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले बिहीबार बेलुकीबाट सो अभियानको सुरुआत गरेका हुन् ।

सो अभियानको ब्यानरमा लेखिएको छ,‘संघीय शिक्षा ऐन तत्काल जारी गर,विद्यालय कर्मचारीहरूका जायज माग पूरा गर । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौं ।’

संघीय शिक्षा ऐनको विधेयक मन्त्रिपरिषदबाट पारित भई संसदमा टेबुल हुने तयारीमा छ । 

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:३२
Weather Update