News Griha :: न्यूजगृह
महिला विश्वकप फुटबल : शुक्रबारबाट क्वाटरफाइनलका खेल

काठमाडौं— महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत आज शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ ।

एडेन पार्कमा हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ  । स्विडेनले अहिलेसम्म भएका महिला विश्वकपका सबै नवौँ संस्करण खेलेको छ  । त्यसमध्ये चार अवसरमा स्विडेनसामु विश्वकप जित्ने अवसर थियो ।

जापान प्रतियोगितामा चुनौती बाँकी राख्न सफल एकमात्र पूर्वविजेता टिम हो । जाम्बिया र कोस्टारिकालाई सजिलै हराएयता जापानले स्पेनलाई समेत चार गोल गरेको थियो ।

नेदरल्यान्ड्सले न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा स्पेनको सामना गर्दैछ । नेदरल्यान्ड्स टोलीकी स्टार मिडफिल्डर ड्यानिल भान डे डोन्क भने आजको खेलमा हुने छैनन् ।

अमेरिकाविरुद्धको खेलमा विपक्षी कप्तान लिन्ड्से होरानसँग झगडा गर्दा पहेलो कार्ड खाएकी उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि कार्ड पाएकी छिन् ।

शनिबार अस्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।

१९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाइबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो ।

सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पर्‍याइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०९:१८
Weather Update