News Griha :: न्यूजगृह
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर बनेका चौधरी पक्राउ

काठमाडौं— नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङका मनित चौधरी रहेको सीआईबीका  प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट पक्राउ गरिएको हो । 

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीबार सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:३३
Weather Update