News Griha :: न्यूजगृह
शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ

काठमाडौं— शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा थप एक डाक्टर पक्राउ परेका छन् । यससँगै सो प्रकरणमा पक्राउ पर्ने डाक्टरहरूको संख्या ६ पुगेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७२ सालको ‘अपरेसन क्वाक’ को फाइल पुनः खोल्दै अनुसन्धान अगाडि बढाएको छ । अपरेसन ‘फोक्सट्रोट चार्ली’अन्तर्गत डाक्टरहरू पक्राउ परेका हुन् ।

सीआईबीका प्रवक्तासमेत रहेका एसपी नवराज अधिकारीका अनुसार ब्यूरोले शुक्रबार इशान बाल अस्पतालमा कार्यरत डा.श्रद्धा शिल्पकारलाई पक्राउ गरेकाे छ ।

ब्यूरोले बिहीबार सो प्रकरणमा नेपाली कांग्रेस सांसद सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:४२
Weather Update