शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर भएका पाँच पक्राउ

काठमाडौं— शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर भएका पाँच जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बिहीबार साँझ चार जनालाई पक्राउ गरेको छ ।
सीआईबीले दिउँसो नेपाली कांग्रेसका नेता तथा सांसद डा.सुनिल शर्मालाई प्रकाउ गरेको थियो ।
साँझ पक्राउ पर्नेहरूमा डा.रामबाबु यादव, डा.एरिना यादव, अमृत चौधरी र डा.रञ्जित कुमार यादव रहेका छन् । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीले २०७२ सालको ‘अपरेसन क्वाक’ को फाइल पुनः खोल्दै अनुसन्धान अगाडि बढाएको छ । अपरेसन ‘फोक्सट्रोट चार्ली’अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।
यो पनि पढ्नुहोस
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा.अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ
नक्कली सर्टिफिकेट बनाएको कसुरमा पक्राउ परेका हुन् कांग्रेस सांसद सुनिल शर्मा
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० २०:३८