News Griha :: न्यूजगृह
प्राधिकरणले रोक्यो सिम्रिक एअरका सबै उडान
प्राधिकरणले रोक्यो सिम्रिक एअरका सबै उडान नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
चोरीका सवारीसाधन पत्ता लगाउने प्रविधि
चोरीका सवारीसाधन पत्ता लगाउने प्रविधि मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जीपीएस प्रविधि (लोकोमो) सुरु भएको छ ।
कैदीको शंकास्पद मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा
कैदीको शंकास्पद मृत्यु प्रकरण : छानबिन गर्न कोशी प्रदेश प्रहरी खाँदबारीमा सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले आज बिहीबारदेखि काम सुरु गरेको छ ।
शर्माको सचिवालयले भन्यो— गृहमन्त्री र अर्थ मन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साध्न सुनिल शर्मालाई पक्राउ गरियो
शर्माको सचिवालयले भन्यो— गृहमन्त्री र अर्थ मन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साध्न सुनिल शर्मालाई पक्राउ गरियो शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माको सचिवालयले प्रतिशोध साध्न पक्राउ गरिएको बताएको छ ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर भएका पाँच पक्राउ
शैक्षिक प्रमाणपत्र कीर्ते गरी डाक्टर भएका पाँच पक्राउ शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा बिहीबार साँझ चार जनालाई पक्राउ गरेको छ । सीआईबीले दिउँसो नेपाली कांग्रेसका नेता तथा सांसद डा.सुनिल शर्मालाई प्रकाउ गरेको थियो ।
भोटाहिटीको सपिङ मलमा भीषण आगलागी
भोटाहिटीको सपिङ मलमा भीषण आगलागी भोटाहिटीको एक सपिङ मलमा भीषण आगलागी भएको छ । 
खोलाले बगाएर बेपत्ता भएकाको शव फेला
खोलाले बगाएर बेपत्ता भएकाको शव फेला महोत्तरीको सोनमा गाउँपालिकामा अवस्थित मरहाखोलाले बगाउँदा मंगलबार साँझ बेपत्ता भएका व्यक्तिको आज दिउँसो शव फेला परेको छ ।
आफ्ना सांसद पक्राउ परेपछि कांग्रेस सभापति देउवा पुगे प्रचण्डलाई भेट्न
आफ्ना सांसद पक्राउ परेपछि कांग्रेस सभापति देउवा पुगे प्रचण्डलाई भेट्न धुम्बाराहीस्थित निवासमा नेताहरूसँग आन्तरिक छलफल गरेलगत्तै सभापति देउवा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउबारे सत्यतथ्य बुझेर पार्टीको धारणा सार्वजनिक गर्ने बताएका थिए । सोही विषयमा बुझ्न देउवा बालुवाटार गएको बताइएको छ ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा. अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा. अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा.अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चैधरी र यादवलाई पक्राउ गरेको हो । उनीहरू दुवै जना त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।
झापाको बाघेखोलामा डुबेर दुई बालबालिकाकाे मृत्यु
झापाको बाघेखोलामा डुबेर दुई बालबालिकाकाे मृत्यु झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । 
सुशासन कायम हुनसक्यो भने धेरै समस्या हल हुन्छन् : प्रदीप पौडेल
सुशासन कायम हुनसक्यो भने धेरै समस्या हल हुन्छन् : प्रदीप पौडेल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सिस्टममा अगाडि बढ्यो भने निराशाहरू आशामा परिणत हुने टिप्पणी गरेका छन् ।
सुनिल शर्मालाई के कारणले पक्राउ गरिएको हो त्यसको जानकारी पाएपछि पार्टीको धारणा बन्छ : प्रमुख सचेतक लेखक
सुनिल शर्मालाई के कारणले पक्राउ गरिएको हो त्यसको जानकारी पाएपछि पार्टीको धारणा बन्छ : प्रमुख सचेतक लेखक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मालाई पक्राउ गरिएको कारण थाहा पाएपछि औपचारिक धारणा बनाउने बताएका छन् ।
Weather Update