सुशासन कायम हुनसक्यो भने धेरै समस्या हल हुन्छन् : प्रदीप पौडेल

काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सिस्टममा अगाडि बढ्यो भने निराशाहरू आशामा परिणत हुने टिप्पणी गरेका छन् ।
बिहीबार अन्तर्राष्ट्रिय युवा दिवस–२०२३ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित युवा र उद्यमशीलता विषयक बहस कार्यक्रममा उनले सुशासन कायम भए धेरै समस्याको हल हुने बताए । त्यसका लागि देश सिस्टममा अगाडि बढ्नुपर्ने उनले बताए ।
‘सुशासन कायम हुनसक्यो भने धेरै समस्याको हल हुन्छन् । देश सिस्टममा अगाडि बढ्यो भने निराशाहरू आशामा बढ्लिन्छ,’ उनले भने ।
उनले सुशासनलाई केन्द्रित गरेर सरकारले बजेट ल्याउन नसकेको गुनासो गरे ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १८:५९