कांग्रेसमा तरंग
आफ्ना सांसद पक्राउ परेपछि कांग्रेस सभापति देउवा पुगे प्रचण्डलाई भेट्न

काठमाडौं— नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा बिहीबार दिउँसो नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
धुम्बाराहीस्थित निवासमा नेताहरूसँग आन्तरिक छलफल गरेलगत्तै सभापति देउवा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउबारे सत्यतथ्य बुझेर पार्टीको धारणा सार्वजनिक गर्ने बताएका थिए । सोही विषयमा बुझ्न देउवा बालुवाटार गएको बताइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सांसद शर्मालाई पक्राउ गरेको थियो । शैक्षिक प्रमाण पत्र किर्ते गरेको कसुरमा सांसद शर्मालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १९:३४














